साफ महिला च्याम्पियनसिप : पहिलो हाफमा गोलरहित बराबरी

बुधबार, १४ कार्तिक २०८१
काठमाडौँ : दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भएको खेलको पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका छन् । खेलको पहिलो हाफमा कुनै देशले गोल गर्न सकेनन् । रोमाञ्चक र प्रतिस्पर्धात्मक खेलमा दुवै पक्षबाट गोलको प्रयास भएपनि गोल हुन नसक्दा गोलरहित बराबरीमा हाफ भएको हो । खेलको पहिलो हाफको १० मिनेटमा नेपालकी अनुशा कार्कीले गरेको उत्कृष्ट प्रहार गोल पोस्टको माथिल्लो बारमा लागेर बाहिरियो । खेलको २४ औँ मिनेटमा बङ्गलादेशको प्रहार नेपालकी गोल किपर अञ्जली तुम्बापो सुब्बाले उत्कृष्ट बचाऊ गरिन् । त्यस्तै खेलको २९औँ मिनेट सावित्रा भण्डारी (साम्बा) ले दिएको सुन्दर पासलाई अमिशा कार्कीले गोल गर्नबाट चुकिन् । त्यसपछि खेलको ४१ औँ मिनेटमा बङ्गलादेशले कर्नर पायो तर नेपाली खेलाडीले त्यसलाई विफल पारिदिए । उक्त कर्नर फाइनल खेलको पहिलो कर्नर हो । च्याम्पियनसिपको फाइनल खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीसहितका व्यक्तिहरू दशरथ रंगशालामा रहेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार