काठमाडौं : साफ वुमन्स च्याम्पियनसिपमा नेपालले बंगलादेशलाई गोल फर्काएको छ । यससँगै नेपाल र वंगलादेशले १–१ गोलसहित बराबरीमा खेलिरहेका छन् ।
नेपालका लागि अमिषा कार्कीले ५६ मिनेटमा बराबरी गोल गरिन्। उनलाई प्रिती राईले सेन्टर एरियाबाट दिएको पासमा उत्कृष्ट गोल गरेकी थिइन्।
यसअघि ५२ औँ मिनेटमा बंगलादेशकी मोनिका चक्माले नेपालविरुद्ध १ गोल गर्दै अग्रता लिएको थियो ।
दशरथ रंगशालामा जारी साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिताको उपाधिका लागि भएको खेलको पहिलो हाफमा नेपाल र बंगलादेशले गोलरहित बराबरी खेलेका थिए ।
पाँचपटक साफ वुमेन्स च्याम्पियनसिपको फाइनल खेलिसकेको नेपाल पहिलो पटक उपाधि जित्ने दौडमा छ । खेलमा घरेलु टोली निलो र बंगलादेश रातो जर्सीमा छ ।
प्रतिक्रिया