अवैध सम्बन्धबाट जन्मिएको शिशु झाडीमा फाल्ने आमा पक्राउ

विहीबार, २२ कार्तिक २०८१
हेटौंडा : अवैध सम्बन्धबाट जन्मिएको शिशु झाडीमा फाल्ने आमा पक्राउ परेकी छन् । मकवानपुरको थाहा नगरपालिकामा सार्वजनिक शौचालय नजिकै झाडीमा १० दिने शिशु फाल्ने आमा पक्राउ परेकी हुन् । पक्राउ पर्नेमा झापाको अर्जुनधारा नगरपालिका–६ घर भई हाल काठमाडौं बस्दै आएकी २८ वर्षीया मेनुका धिताल रहेकी छन् । धितालले धारापानीस्थित दिदीको घरमा आएको बेला आफ्नो १० दिने शिशु (बालक)लाई झाडीमा फालेको स्वीकार गरेको प्रहरीले जनाएको छ । गत मंगलबार साँझ झाडीबाट शिशु रोएको आवाज आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । इलाका प्रहरी कार्यालय पालुङबाट खटिएको प्रहरीको टोलीले घटनास्थलबाट शिशुको उद्धार गरेको थियो । शिशु फाल्ने महिलाको खोजतलासका क्रममा स्थानीयले दिएको जानकारी अनुसार शिशुकी आमा धिताललाई उनको दिदीको घरमा फेला पारेको प्रहरी जानकारी दिएको छ । ४ वर्षअघि सवारी दुर्घटनामा श्रीमान् गुमाएकी धिताले फेसबुकबाट चिनजान भएको युवकसँगको अवैध सम्बन्धबाट शिशु जन्मिएको स्वीकार गरेको प्रहरीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार