काभ्रेपलान्चोकमा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु

विहीबार, २९ कार्तिक २०८१
काभ्रेपलान्चोक : काभ्रेपलान्चोक जिल्लाको पाँचखाल नगरपालिका–१३ कोशिदेखा लामिडाँडामा बिहीबार साँझ मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ। प्रहरी चौकी पाँचखालका अनुसार बिहीबार साँझ वालुवा खन्याएर फर्कदै गरेको २२०२ नम्बरको निशान मिनिट्रक दुर्घटना हुँदा दुई जनाको घटनास्थलमा नै मृत्यु भएको हो । प्रहरी निरीक्षक किशोर बुढाथोकीकाअनुसार ट्रक दुर्घटनामा ट्रक चालक स्थानीय कुमार रोक्का र माइला रोक्काको मृत्यु भएको हो । उनले ट्रकको लट नम्बर भने नखुलेको जानकारी दिए । स्थानीय खानीबाट वालुवा लिएर आएको ट्रक वालुवा खन्याएर घर फर्कने क्रममा सडकबाट करिब दुई सय मिटर तल खसेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार