दार्चुलामा बोलेरो दुर्घटना हुँदा ६ जनाको घटनास्थलमै मृत्यु

शुक्रबार, ३० कार्तिक २०८१
दार्चुला : मालिकार्जुन धाममा लागिरहेको जात्राबाट फर्केर गोकुलेश्वरतर्फ गइरहेको बोलेरो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। म १ ज ३३८ नम्बरको (बन्दबडी) बोलेरो जिप ग्वानीको बजानी नजिक सिराडको खोलामा दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको हो। मृतकको सनाखत हुन बाकी रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । प्रहरीका अनुसार बोलेरोमा कति यात्रु सवार रहेको भन्ने यकिन नरहेको बताइएको छ । गाडी सडकभन्दा निकै तल खसेको छ । रातिको समय भएकोले उद्धार कार्यमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार