कांग्रेस जनतामा जान्छ, अराजकता प्रदर्शन गर्दैन : डिकबहादुर लिम्बु (अन्तरवार्ता)

शनिबार, ०८ मंसिर २०८१

मोरङ : नेपाली कांग्रेस मोरङका सभापति डिकबहादुर लिम्बु यतिबेला जिल्लाको ग्रामथान गाउँपालिकामा हुने उपनिर्वाचनमा खटिरहेका छन् ।

कोशी प्रदेशकै एक मात्र पालिका अध्यक्षमा हुन लागेको उपनिर्वाचनमा पूर्व मन्त्रीसमेत रहेका लिम्बु आफैँले नेतृत्व गरेर आफ्ना अध्यक्षका उम्मेदवार बलराम सरदार थारुलाई जिताउन लागि परेका छन् । त्यसो त उनी मात्रै हैन कांग्रेसका हाई प्रोफाइल नेताहरू उनका निम्ति भोटको अपिल गर्न ग्रामथानमा व्यस्त छन् ।

०७९ मा कांग्रेसले पालिकाको निर्वाचन जितेको यहाँ साख जोगाउन चाहन्छ । त्यसमाथि कोशी प्रदेशको एक मात्र पालिका अध्यक्ष निर्वाचन भएकाले १६ जना उम्मेदवारसँगको प्रतिस्पर्धा त्यति सहज पनि छैन । किनभने सम्पूर्ण पार्टीहरूको ध्यान ग्रामथान केन्द्रित छ ।

यसै सन्दर्भमा आगामी मङ्सिर १६ गते हुन गइरहेको उपनिर्वाचनका लागि पार्टीको नेतृत्व गरेर आफ्ना उम्मेदवार जिताउन घरदैलोमा हिँडिरहेका नेपाली काँग्रेस मोरङका सभापति डिकबहादुर लिम्बुसँग घरदैलोकै क्रममा प्रदेश खबरका लागि खेमराज सापकोटाले गरेको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

चुनावी गतिविधि कसरी चलाउनुभएको छ ?

हामी अहिले घरदैलो अभियानमै व्यस्त छौँ । यस दौरानमा ५० प्रतिशत भन्दामाथि जनताको घरघरमा गएका छौँ । जनतामाझ हाम्रा प्रतिबद्धता व्यक्त पनि गरिरहेका छौँ । जनतामा जाने समस्या बुझ्ने समाधानको प्रतिबद्धता जाहेर गर्ने र हाम्रा उम्मेदवार निर्वाचित भएपछि समाधानका गर्ने कुराहरू जनतामाझ व्यक्त गर्ने काम हुन्छ । लोकतन्त्रमा आस्था राख्ने दलले यो गर्नु पर्दछ नै त्यसमाथि काँग्रेस जनतामा भिजेको पाटी हो । हाम्रो अभियानलाई चुनाव जित्ने रणनीतिका साथ अगाडि बढेको अवस्था छ ।

यो उपनिर्वाचन कोशी प्रदेशकै एक मात्र पालिका अध्यक्षका लागि भएको निर्वाचन पनि हो । घरघरमा तपाईँहरू जाँदै गर्दा जनताको माग चैँ के छ ? जनताका ठूला माग छैनन् । सडक, पुल पुलेसा, कृषिमा सिँचाइ रोजगारीको अवसरका बारेमा जनताले आफ्ना माग राख्नुहुन्छ । जनताले नेताले बोलेको कुरा पूरा गर्नुप¥यो, अधुरा कामहरू समयमै सम्पन्न गर्नुप¥यो भन्नुहुन्छ । जनतामा पनि एक किसिमको उत्साह पैदा भएको छ । हामीले आफ्ना कुराहरू राखिरहेका छौँ । तर, तपाईँहरू सरकारमा हुनुहुन्छ जनताका समस्या त पहिले देखिकै समस्या हुन्, तपाईँहरूले गर्न सक्नुभएन भन्ने आरोप पनि व्याप्त छ, तपाई आफैँ पनि मन्त्री हुनुभएको थियो ? यो निराधार कुरा हो । विगत ३० वर्षको अवधिमा धेरै कामहरू भएको अवस्था छ । हाम्रोजस्तो अर्थतन्त्र भएको मुलुकका लागि पछिल्ला दशक धेरै महत्वपूर्ण उपलब्धि हासिल भएको अवस्था छ । बाटो घाटो, पुल पुलेसा, सडक बत्ती, कृषि औजारमा हामीले उपलब्धि हासिल गरेका छौैं । मुलुक लोकतान्त्रिक व्यवस्थामा प्रवेश गरेको अवस्था छ । यहाँ जनताले आफ्नो प्रतिनिधि निश्चित समयमा छान्न सक्छ । अहिले समयको गतिशीलता सँगैको परिवर्तनले त्यो हामीले जनतामाझ बुझाउन सकिरहेका छैनौँ । तपाईँको भन्ने हो भने, लोकतन्त्रमा अराजकतावादीहरू हाबी भइरहेको अवस्था पनि छ । तपाईँहरूले व्यवस्था परिवर्तन त गर्नुभयो । तर जनताको अवस्था परिवर्तन भएन भन्ने छ । र, यहाँ पनि नयाँ पार्टी पनि र स्वतन्त्रहरू पनि उठेको अवस्था छ नि ? हो, लोकतन्त्रमा सबै अधिकारहरू हुन्छन् । चुनाव हुन्छ, त्यसमा हार जीत हुन्छ । हामी सबै कुरालाई स्वीकार गर्न तयार हुन्छौँ । जहाँसम्म तपाईँले नयाँका कुरा गर्नुभयो, उहाँहरू एउटा व्यक्तिका लागि दास बन्नुहुन्छ । अराजकता प्रदर्शन गर्नुहुन्छ । न्यायालय मान्दिन भन्ने कुरा गर्नुहुन्छ यो सबै कुरा लोकतन्त्र विपरीतका कुरा हैनन् ? अर्को कुरा जनताको अवस्थाका बारेमा कुरा गर्दा हामीले पहिले नम्बरमा अब आर्थिक अवस्था सुधार गर्नुपर्ने अवस्था छ । त्यसमा कुन कुन क्षेत्रमा काम गर्दा यो क्षेत्र मजवुद हुन सक्छ त ? पहिचान गर्नुप¥यो । जस्तो जलविद्युतको क्षेत्रमा भरखरै हामीले बांलादेशसंगको व्यापार सम्झौता गयौँ अब यस्ता सम्भावनाका कुराहरू खोज्नुप¥यो । कृषि, उद्योग, पर्यटनको क्षेत्रमा काम गर्नुप¥यो । फेरि काम पनि भइरहेकै छन् नि । अब अहिलेको अवस्थामा भनेको हामीले जनताका भावना अनुसारका काम त सबै जना एकजुट भएर ग¥यौँ भने न सम्भव छ । अर्को कुरा अहिले सामाजिक क्रान्तिको आवश्यकता छ । समाजमा अझै पनि पुराना प्रथाहरू कायमै छ । समाज उन्नत हुन सकिरहेको अवस्था छैन । सामाजिक शिक्षा पनि त लोप भइरहेको अवस्था छ नि ! अबको ८–१० वर्ष हामीले यी कुराहरूमा मेहनतका साथ काम गयौँ भने व्यवस्थासँगै अवस्था परिवर्तन हुन्छ नि । जुन अहिले गतिशील रूपमा छ । नयाँप्रति जनताको समर्थन त अत्यधिक देखिन्छ नि ? होइन, अहिले नयाँका नाममा साइबर हमला गर्ने । फेक आइडी बनाउने गालीगलौज गर्ने काम नगर्ने त्यो भनेको त्यस्तै झुण्ड हो । जसले सामाजिक सञ्जालको दुरुपयोग गरेर जनतामा भ्रम पैदा गरिरहेको अवस्था छ । त्यसलाई समर्थन कसरी भन्न सकिन्छ र ? अब काँग्रेसको कुरा गर्दा काँग्रेस कहिले पनि त्यस्ता कार्य गर्दैन । काँग्रेस कसैलाई निन्दा गर्दैन । त्यसमाथि यहाँका हाम्रा उम्मेदवार झन् इमानदार, अनुभवी र जनतासँगै हिँडेको मान्छे हुनहुन्छ जसले गर्दा पनि हामी यहाँ जीत नजिक छौँ । अहिले एमाले पनि तपाईँहरूको किल्ला भत्काउने भनेर अभियानमा छ ? अर्कोतर्फ तपाईँहरू सरकारको पनि सहकार्य गरिरहनुभएको छ नि ?  सरकारसँगको सहकार्य छुट्टै पक्ष हो । यहाँ हामी स्वच्छ प्रतिस्पर्धा गछौं । उहाँहरू आफ्नो तरिकाले हिँडिरहनुभएको छ । तर हामी स्व.जयप्रकाश गच्छदारले अगाडि सारेका मुद्धाहरु सँगै लिएर हिँडेका छौँ । उहाँको दुःखद घटना भयो । जसका कारण उपनिर्वाचन हुन गइरहेको छ । हामी उहाँको योजना र नवीन कुराका साथ आएका छौँ र जनतामा गइरहेका छौँ । अब निर्वाचन त एउटाले जित्दा अर्को हार्ने पर्ने हुन्छ । त्यस कारण हामी हार या जीत स्वीकार गछौं । जनतामा जान्छौँ, अराजकता प्रदर्शन गर्दैनौँ । अन्तमा ग्रामथानवासीलाई केही भन्न चाहनुहुन्छ ? तपाईँहरूले यसअघि पनि काँग्रेसलाई जिताउनुभएको थियो । ५ वर्षे कार्यकाल नबित्दै उहाँ बित्नुभयो र निर्वाचन हुन गइरहेको छ । काँग्रेसबाट उठ्नुभएका बलराम सरदार एक मात्र यहाँको लागि अनुभवी पात्र हो । उहाँले स्व.जयप्रकाश गच्छदारले सारेका मुद्धाहरूलाई सम्बोधन गर्नुहुन्छ । यो पनि -ग्रामथान उपनिर्वाचन : पुराना दल ढुक्क, नयाँ परीक्षणमा

प्रतिक्रिया

खेमराज सापकाेटा
लेखकको बारेमा
खेमराज सापकाेटा

सहायक समाचार सम्पादनको भूमिकामा रहेका सापकोटा समसामयिक विषयमा कलम चलाउँछन् ।

सम्बन्धित समाचार