इटहरीमा मोटरसाइकल दुर्घटना अपडेट : श्रीमान-श्रीमतीको मृत्यु

आइतबार, ०९ मंसिर २०८१
इटहरी : १७ बालग्राम चौकमा आज (आइतबार) १२ बजेतिर को ३६ प ५६३७ नम्बरको बुलेट मोटरसाइकललाई म्याजिक भेनले ठक्कर दिँदा गम्भीर घाइते भएका दुई जनाको मृत्यु भएको हो ।  ठक्कर दिने म्याजिक भेनको नम्बर भने खुली सकेको छैन । मृत्यु हुनेमा सङ्खुवासभाको धर्मदेवी नगरपालिकाका ३२ वर्षीय युवराज गुरुङ र ३२ वर्षीया टीका गुरुङ रहेका छन् । मृतक श्रीमान् श्रीमती रहेको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका दुवैजनालाई उपचारका लागि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेका थिए । पकलीबाट इटहरीतर्फ आउँदै गरेको मोटरसाइकल दुर्घटना भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो पनि - इटहरीमा मोटरसाइकल दुर्घटना, दुईको अवस्था गम्भीर 

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार