रविलाई अझै १५ दिन हिरासतमा राख्न अनुमति

आइतबार, ०९ मंसिर २०८१
पोखरा : सहकारी ठगी प्रकरणमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धामा रहेका पूर्व गृहमन्त्री रवि लामिछानेसहित चारैजनालाई जिल्ला अदालत कास्कीले थप १५ दिन हिरासतमा राख्न अनुमति दिएको हो । रविसँगै उनका साझेदार एवम् पूर्वडीआईजी छविलाल जोशी, लीला पछाई र व्यवसायी रामबहादुर खनाल सहित कास्कीको हिरासतमा रहेका चारै जनालाई म्याद थपका लागि कास्की जिल्ला अदालतमा उपस्थित गराइएकाे थियो । उनीहरूलाई आइतबार बिहान १० बजे अदालत लगिएको थियो । गत कात्तिक २ गते शुक्रबार काठमाडौंको चमतीस्थित पार्टी कार्यालयबाटै पक्राउ परेका लामिछाने कात्तिक ३ यता कास्की प्रहरीको हिरासतमा छन् । कास्की जिल्ला अदालतले उनलाई कात्तिक ४ मा ६ दिन, कात्तिक ८ मा ७ दिन, कात्तिक २० मा १० दिन र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर अनुसन्धानको अनुमति प्रहरीलाई दिइसकेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार