राजनीतिक दलहरूको प्रचारप्रसारमा बालबालिकाको प्रयोग

सोमबार, १० मंसिर २०८१
हेटौँडा । स्थानीय तहको उपनिर्वाचन चुनाव नजिकिँदै गर्दा राजनीतिक दलहरूले प्रचारप्रसारमा बालबालिकालाई प्रयोग गरिरहेका छन् । हेटौँडा उपमहानगरपालिका वडा नम्बर १२ मा प्रमुख राजनीतिक दल नेकपा माओवादी केन्द्रले चुनावी प्रचारप्रसारमा बालबालिकाको हातमा झन्डा र लाउडस्पिकर बोकाएका छन् । प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ । विद्यालय बन्द भएको बेला पारेर दलहरूले बालबालिकालाई प्रयोग गरेका हुन् । प्रचारप्रसारका क्रममा प्रयोग भएका गाडीमा समेत नाराबाजीमा उनीहरूलाई प्रयोग गरिएको पाइएको छ । विद्यालय बन्द भएको बेला पारेर नेकपा माओवादी केन्द्रले बालबालिकालाई प्रयोग गरेका हुन् । हेटौँडा १२ मा नेकपा माओवादी केन्द्रले घरदैलो अभियानमा आएका एक ८ वर्षीय किशोरले रमाइलोका लागि प्रचारप्रसारमा आएको बताए । ‘स्कुल बन्द छ, गाउँभरका सबै मान्छे घुम्न आए, त्यही भएर रमाइलो गर्न साथीसँग आएका हौँ, यस्तो गर्नु हुँदैन भन्ने थाहा भएन, अरूले जस्तै झन्डा बोकियो, टिसर्ट लगायौँ,’ उनले भने । यसअघि नेकपा एमालेले पनि हेटौँडा १२ मा विभिन्न स्थानमा निर्वाचन प्रचारप्रसारमा बालबालिका प्रयोग गरेको थियो । अहिलेसम्म हेटौँडा–१२ बाट यस्तोबारे उजुरी केही नआएको मुख्य निर्वाचन अवानी मैनाली भट्टराईले बताए । ‘यसबारे दलका प्रतिनिधिसँग संवेदनशील रूपमा आवश्यक छलफल भइरहेको छ, यसबारे केही उजुरी भने आएका छैनन्,’उनले भने ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार