चितवन राईनोजलाई लुम्बिनी लायन्सले दियो १६८ रनको लक्ष्य

मंगलबार, २५ मंसिर २०८१
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्र्तगत आजको पहिलो खेलमा लुम्बिनी लायन्सले चितवन राईनोजलाई १६८ रनको लक्ष्य दिएको छ । मंगलबार टीयु क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको लुम्बिनी लायन्सले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १६७ रन बनायो । कप्तान रोहितकुमार पौडेलले ५७ बलमा ८१ रन बनाएका थिए भने जफरले ३५ बलमा ५२ रनको योगदान गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार