दुर्योधन बस्नेतको अध्यक्षतामा एअरपोर्ट ट्याक्सीको नेतृत्वमा नयाँ कमिटी

मंगलबार, २५ मंसिर २०८१
काठमाण्डौं : दुर्योधन बस्नेतको अध्यक्षतामा १७ सदस्यीय नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एअरपोर्ट ट्याक्सी इकाई कमिटी गठन भएको छ । संगठनको १२ औं स्थापना दिवस र पाचौँ अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । कमिटीको उपाध्यक्षमा रमेश कुँवर, सचिव कमल पोखरेल, सहसचिव नैनराज कठायत र कोषाध्यक्ष कृष्ण बस्नेत चयन भएको हो । कमिटीका सदस्यहरूमा सुरेश लामा, अम्बरबहादुर सुनुवार, मनोज कुमार दाहाल, राजन खत्री, अर्जुन थापा, रोशन खड्का, रणबहादुर कार्की, धनबहादुर थापा मगर, लालबहादुर थापा मगर, मनोज थापा र अनिल सिलवाल रहेका छन् । कमिटीको सल्लाहकारहरूमा कविराज थापा, ठेटबहादुर कार्की, प्रल्हाद गजुरेल, कृष्ण पहाडी, चुडामणी तिमल्सिना, धनेश्वर पण्डित, मुनीहरी थापा, दिलबहादुर शाक्य र रामकृष्ण लामिछाने रहेका छन् । अधिवेशनको उद्घाटन संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले गरेका थिए । प्रमुख अतिथि राईले विमानस्थलमा वर्षौदेखि सेवा गरिरहेका ट्याक्सीहरूलाई पार्किङ शुल्क असुलीमा विभेद गरिएको बताए । यात्रु बोकेपनि नबोकेपनि प्रति घण्टा ६० रुपैयाँ लिएर ट्याक्सी चालकहरूलाई आर्थिक शोषण गरिएको राईले बताए । अन्य ट्याक्सी सोसरह मासिक गरिनुपर्ने वा दैनिक अथवा यात्रु बोकेको समयको मात्रै शुल्क तोकिनुपर्ने बताए । कार्यक्रममा ट्याक्सीमा छुटेका नगद र जिन्सि सामानहरू इमान्दारपूर्वक यात्रुलाई फिर्ता गर्ने ११ जना चालकहरूलाई सम्मन गरिएको थियो । त्यस्तै, संगठनको नियमित शुल्क तिर्ने इमान्दार सदस्य नाथुप्रसाद थारूलाई सम्मान गरिएको थियो । कार्यक्रममा संगठनका उपाध्यक्ष तथा बागमती प्रदेश इन्चार्ज नवराज घिमिरे, उपाध्यक्ष विष्णु लामा, सुदूरपश्चिम प्रदेश अध्यक्ष ललित चन्द, बागमती प्रदेश अध्यक्ष शंकर थापा, धनगढी ट्याक्सी इकाई उपाध्यक्ष शैलेन्द्र चौधरी, एयरपोर्ट पर्यटक ट्याक्सी इकाई अध्यक्ष बिलबहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए । दिलबहादुर शाक्यको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन दुर्योधन बस्नेत र स्वागत मन्तव्य रामकृष्ण लामिछानेले गरेका थिए । यसैगरी इकाईका सदस्य स्वर्गीय अर्जुन सिर्मलका परिवारलाई २५ हजार हस्तान्तर गरिएको छ । २०८० साल चैत १७ गते त्रिशूलीमा ट्याक्सी दुर्घटनामा ज्यान गुमाएका सिर्मलका परिवारलाई कार्यक्रमका प्रमुख अतिथि राईले चेक हस्तान्तरण गरे । संगठन एअरपोर्ट ट्याक्सी इकाईको पाचौँ अधिवेशनका अवसरमा राहत हस्तान्तरण गरिएको हो । सोही अवसरमा संगठनका सदस्य धनेश्वर पण्डितलाई ११ हजार ५ सय रुपैयाँ सहयोग प्रदान गरिएको छ । यस्तै, ट्याक्सीमा छुटेका पाँच हजार अमेरिकी डलर यात्रुलाई फिर्ता गर्ने बा २ ज ३५६० नम्बरका ट्याक्सी चालक विनोद लामासहित ११ जना इमान्दार चालकहरुलाई सम्मन गरिएको थियो । त्यस्तै संगठनको नियमित शुल्क तिर्ने इमान्दार सदस्य नाथुप्रसाद थारुलाईसमेत सम्मान गरिएको थियो । कार्यक्रममा रक्तदान पनि गरिएको छ । जसमा ३९ पिन्ट रगत संकलन भएको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार