मोरङमा स्रोत नखुलेको ४७ लाख रकम बरामद

मंगलबार, २५ मंसिर २०८१
विराटनगर : मोरङमा स्रोत नखुलेको ४७ लाख रकम बरामद भइको छ । जिल्लाको रंगेली नगरपालिका–८ दर्वेसाको एउटा घरबाट मंगलबार दिउँसो रकम बरामद भएको हो । स्थानीय ज्योतिदेवी अग्रवालको घरमा लुकाइछिपाइ राखेको अवस्थामा ४७ लाख ४९ हजार रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रंगेलीबाट खटिएको इन्स्पेक्टर सन्तोषकुमार खड्का नेतृत्वको टोलीले अग्रवालको घरमा दिउँसो ३ बजेतिर छापा हानेको थियो । घरको कोठाबाट स्रोत नखुलेको रकम बरामद भएको मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले जानकारी दिए । उनका अनुसार घरको कोठामा चाबी लगाएर राखिएको अवस्थामा टिनको बाकसभित्र रकम फेला परेको हो । प्रहरीले एक हजार र पाँच सय दरका नोट बरामद गरेर घरधनी अग्रवाललाई पनि नियन्त्रणमा लिएको छ । स्रोत नखुलेको रकम अवैध हुण्डी कारोबारको भएको हुनसक्ने प्रहरीको अनुमान छ । उनलाई इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर आवश्यक अनुसन्धान भइरहेको एसपी चिमरियाले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार