इलाम गोल्ड कपको सेमिफाइनलबाटै बाहिरियो रेडहर्ष

बुधबार, २६ मंसिर २०८१
इलाम । चर्च ब्वईजसँग उत्कृष्ट खेल गरेको आयोजक रेड हर्ष फुटबल क्लबले इन्जुरी समय जोगाउन नसक्दा फाइनल खेल्ने सपना टुङ्गिएको छ । इलाम सदरमुकाममा अवस्थित ठुलो टुँडिखेलमा जारी दोस्रो संस्करणको इलाम गोल्ड कपमा ९० मिनेट उत्कृष्ट खेल प्रदर्शन गरे पनि इन्जुरी समयको तीन मिनेट जोगाउन नसक्दा फाइनलको यात्रा टुङ्गिएको हो । बुधवार भएको खेलमा समीर तामाङले गरेको गोल नै चर्च ब्वईजको फाइनल यात्रा पक्का बन्यो । खेलको तीन मिनेटमा चर्च ब्वईजका समीर तामाङको उत्कृष्ट क्रस पास अर्मान्डोले पाएको अवसर चुकाउन पुगे । पाँच मिनेटमा डिफेन्स लाइनबाट पाएको लामो प्रहारलाई विदेशी खेलाडी अब्यान्डमीले फितलो प्रहार गरे । सातौँ मिनेटमा गोल गर्ने सुनौलो अवसरमा समीर चुके । राष्ट्रिय टिमका खेलाडीले भरिपूर्ण चर्च ब्वईज १० औ मिनेटमा रोहन कार्कीले प्रहार गर्न सकेनन् । खेलको १५ औ मिनेटमा गोल क्याप्टेन अनन्त तामाले डी बक्स भित्रबाट गरेको प्रहार पोल माथि पुग्यो । त्यसको दुई मिनेट बित्न नपाउँदै समीर तामाङ अपसाइट हुन पुगे पछि चर्च ब्वईजले एक पछि अर्को लगातार बनाएको अवसर सदुपयोग गर्न चुक्यो । खेलको १८ औ मिनेटमा एरिक बिस्टले पाएको प्रहार गोल किपर विवेक मगरले उत्कृष्ट बचाउ गरे । २५ औ मिनेटमा रोहन कार्कीले डिबक्स भित्र बाटै प्रहार गरे पनि गोल पोस्टको दिशा दिन सकेनन् । खेलको ३२ औ मिनेटमा अर्मान्डको प्रहार बाहिरिन पुग्यो । ३७ औ मिनेटमा मध्य भागबाट गरेको फ्रिकिक प्रहारबाट रोहन कार्कीले पाएको अवसर फितलो बन्यो । ४० औ मिनेटमा वान भर्सेस वानको अवसर पाएका रोहन कार्कीले फिनिसिङ गर्न सकेनन् । ५५ औ मिनेटमा फ्री किक मार्फत रोहन कार्कीले गरेको प्रहार रेड हर्षका आयुश तिम्सिना बाधक बने । ६९ औ मिनेटमा छिरिङको प्रहार गोल किपर विवेक मगरले बचाउ गरे । ६७ औ मिनेटमा रोहनको पासलाई अब्यान्डमीले गरेको प्रहार बाहिर पुग्यो । ७६ औ मिनेटमा रोहनको क्रस पासबाट छिरिङले पाएको अवसर गोल पोस्टको दिशा दिन सकेनन् । ८३ औ मिनेटमा एरिकले पाएको अवसर विवेकले उत्कृष्ट बचाउ गरे । खेलको ८९ औ मिनेटमा समीरको प्रहार फितलो बन्दा खेल बराबरीको सङ्केत देखिइसकेको थियो । यता रेड हर्ष फुटबल क्लबले पनि सुरुको तीन मिनेटबाटै अवसर बनाएको थियो । छ मिनेटमा हेमन लिम्बुले गरेको प्रहार विदेशी खेलाडी सेर्जीले बचाउ गरे । १२ औ मिनेटमा प्रदीप बुढाथोकीको प्रहार गोल किपर सन्दीप लिम्बुले बचाउ गरे । १६ औ मिनेटमा मध्य भागबाट फ्री किक मार्फत पाएको प्रहार गोल किपरको हातमा प¥यो । ३८ औ मिनेटमा हरि मगरको प्रहार अनन्त तामाङले बचाउ गरे । ४३ औ मिनेटमा आशिष् लावतीको प्रहार सदुपयोग गर्नबाट प्रदीप चुके । ५५ औ मिनेटमा प्रदीप बुढाथोकीले पाएको अवसर गोल पोस्टमा परेन । ६३ औ मिनेटमा पदम भट्टराईको प्रहार बाहिरिन पुग्यो । ६९ औ मिनेटमा प्रदीपको क्रस पासमा प्रकाश बुढाथोकीले पाएको अवसर गुम्यो । ७३ औ मिनेटमा प्रकाशलाई फल्ड गरेपछि रोहनले गरेको प्रहार किपरको हातमा प¥यो । ८१ औ मिनेटमा हेमन लिम्बुले गरेको प्रहार गोल किपर सन्दीपले बचाउ गरे । खेलको म्यान अफ द म्याच चर्च ब्वईजका समीर तामाङ घोषित भए । बिहिबार डिफेन्डिङ च्याम्पियन न्युरोड फुटबल क्लब र रेड स्टार झापा बिच अन्तिम सेमिफाइनल हुने आयोजकले जनाएको छ । मङ्सिर २९ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले पाँच लाख रुपैयाँ पाउनेछन् । विभिन्न विधाका उत्कृष्ट खेलाडीसमेत पुरस्कृत हुनेछन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार