पत्रकार महासंघ सुनसरीको अध्यक्षमा तीन जनाको उम्मेदवारी (अरू पदमा कोको ?)

विहीबार, २७ मंसिर २०८१
इटहरी : नेपाल पत्रकार महासंघ सुनसरीको अध्यक्षमा तीन जनाले उम्मेदवारी दिएका छन् । अध्यक्ष पदमा प्रेस चौतारी नेपाल र नेपाल प्रेस युनियनको गठबन्धनबाट सन्तोष काफ्लेको उम्मेदवारी परेको छ । प्रेस सेन्टरको समर्थनमा युनियनका बागी गणेश निरौलाले उम्मेदवारी दिएका छन् । यसैगरी स्वतन्त्र उम्मेदवारको रूपमा शेखर जोगीले उम्मेदवारी दिएका छन् । यसैगरी जिल्ला कार्यसमितिका पदाधिकारी, सदस्य, प्रदेश र सङ्घीय परिषद् सदस्य सहित कुल ४१ जनाको लागि ६१ जनाको उम्मेदवारी परेको निर्वाचन समितिका संयोजक हर्ष सुब्बाले जानकारी दिए । यसैगरी चौतारी–युनियनको समर्थनमा उपाध्यक्षबाट अर्जुन सुवेदी र सेन्टरबाट गोविन्द बस्नेतले उम्मेदवारी दिएका छन् भने अजित झा ले बागी स्वतन्त्र उम्मेदवार दिएका छन् । महिला उपाध्यक्षमा यशोदा सेने र मनिता चाम्लिङले उम्मेदवारी दिएका छन् । सचिवमा विनय बाह्रकोटी, तीर्थ कार्की र खेमराज सापकोटाले उम्मेदवारी दिएका छन् । यस्तै, सह–सचिवमा महेश गुरागाईँ र विकल रेग्मी उम्मेदवार रहेका छन् । समावेशी सह–सचिवमा वीरेन्द्र साह र मुस्ताक आलम उम्मेदवार छन् । कोषाध्यक्षमा विवेक रेग्मी, जमुना श्रेष्ठ र विक्रान्त श्रेष्ठले उम्मेदवारी दिएका छन् । यसैगरी खुल्ला सदस्यमा चन्द्रकला चौधरी, जीवन विष्ट, मो.मिकाइल, रोहित कुलुङ राई, लेखनाथ दंगाल, सुदीप पोखरेल, सुवास खत्री, शिशिर भट्टराई, सविता पोखरेल, सिंहबहादुर मादेन, हिरण्यकुमार कार्की उम्मेदवार छन् । दलित सदस्य पदमा विनोद विश्वकर्माको मात्र उम्मेदवारी परेको छ । यस्तै, समावेशी मुस्लिम अल्पसङ्ख्यक सदस्यमा नसिम अन्सारी, मलिा सदस्यमा सीमा बस्नेत, मधेसी सदस्यमा सुरेन्द्र मेहता र प्रदेश परिषद् सदस्य महिलामा कानुन कार्कीको मात्र उम्मेदवारी परेको छ । केन्द्रीय परिषद् सदस्यमा गोपाल दाहाल, बाबुराम सुवेदी, देवेन्द्र कार्की, सुविद गुरागाईँ, जयकृष्ण यादव, गणेशप्रसाद तिम्सिना उम्मेदवार छन् । जसमध्ये दुईजना निर्वाचित हुनेछन् । समावेशी केन्द्रीय पार्षदमा नरबहादुर लिम्बु (प्रदीप मेन्याङबो), श्रीप्रसाद राई (श्री शिशा), फुलचन्द मेहता उम्मेदवार छन् । महिला केन्द्रीय परिषद् सदस्यमा सुभद्रा प्याकुरेलको मात्र उम्मेदवारी परेको छ । प्रदेश परिषद् समावेशी सदस्य ६ जनाको सिटमा धनकुमार राई (मिलन), विकास चाम्लिङ राई, विकी श्रेष्ठ, सोहन श्रेष्ठ, हिमाल राई, उपेन्द्र चाम्लिङको उम्मेदवारी परेको छ । आवश्यक पदका लागि मात्रै उम्मेदवारी परेपछि उनीहरूलाई अन्तिम नामावलीमा निर्विरोध निर्वाचित भएको घोषणा गरिने निर्वाचन समितिले जनाएको छ । यसैगरी प्रदेश परिषद् सदस्य खुल्लामा सात जनाको सिटमा कमलाकुमारी चौधरी, धीरेन्द्र चौधरी, नवराज विष्ट, पिएमणि भट्टराई, रामकृष्ण खड्का, रुमा रिजाल, विशाल राई, सुनील चौधरी र सुमित्रा राई (सञ्जु) गरी नौ जनाको उम्मेदवारी परेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार