कोशी प्रदेशका विभिन्न जिल्लाबाट लागुऔषध सहित ७ जना पक्राउ

विहीबार, २७ मंसिर २०८१
विराटनगर । झापा, मोरङ, पाँचथर र सुनसरीबाट लागुऔषध सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । मङ्सिर २५ राती झापाको भद्रपुर नगरपालिका ५ स्थितमा मेची पुल बिटबाट खटिएको प्रहरी टोलीले पैदल यात्री नुवाकोट बिदुर नगरपालिका १० का २६ वर्षीय विकास घिमिरेलाई लागुऔषध ब्राउन सुगर १४ ग्राम १३० मिलिग्राम र चरेस १ ग्राम ५७० मिलिग्राम सहित नियन्त्रणमा लिएको हो । त्यसैगरी इलाका प्रहरी कार्यालय रानी र लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको प्रहरी टोलीले विराटनगर १५ बाट १ ग्राम ८ मिलिग्राम ब्राउन सुगर सहित सुन्दरहरैचा नगरपालिका ६ का १९ वर्षीय अरुण मण्डललाई पक्राउ गरेको हो । पाँचथरको फिदिम नगरपालिका २ स्थितमा जिल्ला प्रहरी कार्यालय पाँचथरबाट खटिएको प्रहरी टोलीले १२० मिलिग्राम ब्राउन सुगर सहित फिदिमका ३५ वर्षीय चन्द्र तुम्बापो, १७ वर्षीय तीर्थ तुम्बापो, ३५ वर्षीय योगेश थाम्सुहाङ र ३० वर्षीय एल्बिस नेम्वाङलाई नियन्त्रणमा लिएको हो भने सुनसरी धरान ११ का २५ वर्षीय करण मगरलाई नियन्त्रित औषधी ट्रामाडोल ६० क्याप्सुल र स्पासपेन ४० ट्याब्लेट सहित अस्थायी प्रहरी पोस्ट जोर सखुवाको प्रहरी टोलीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार