एनपीएल : कर्णालीले लुम्बिनीलाई दियो १२९ रनको लक्ष्य

शुक्रबार, २८ मंसिर २०८१
काठमाडौं : नेपाल प्रिमियर लिग एनपीएलमा आजको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई १२९ रनको लक्ष्य दिएको छ। कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १२८ रन बनाएको हो। कर्णालीका लागि विलियम बोसिस्टोले सर्वाधिक ४४ रन बनाएबैंक ३० बल खेलेका उनले समान ३ चौका र ३ छक्का प्रहार गरेबैंक अर्जुन घर्तीले २५ र बाबर हायतले २० रन बनाए। बलिङमा लुम्बिनीका लागि एनपीलएका डेब्यु गरेका विकास आग्रीले ३ तथा तिलक भण्डारीले २ विकेट लिएबैंक एनपीएलमा पहिलो खेल खेलेका दुई बलर मिलेर ५ विकेट लिएका हुन्।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार