धरानमा खुकुरी प्रहार गरी २८ वर्षीय सम्झनाको हत्या 

शुक्रबार, २८ मंसिर २०८१
धरान । धरानमा खुकुरी प्रहार गरी २८ वर्षीय सम्झना रसाइलीको हत्या भएको छ । शुक्रवार दिउँसो धरान उपमहानगरपालिका २ स्थित भाडामा बस्दै आएका ३७ वर्षीय अमृत रसाइलीले २८ वर्षीय श्रीमती सम्झना रसाइलीलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जानकारी दिएको छ । सम्झनाको घटनास्थलमै मृत्यु भएको छ भने अभियुक्त अमृतलाई नियन्त्रणमा लिएर घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । मृतक सम्झना रसाइलीको शव पोस्टमार्टमको लागि बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । घरायसी झगडाका क्रममा खुकुरी प्रहार गरेको प्रहरीले प्रारम्भिक अनुमान गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार