एनपिएल: काठमाडौं गुर्खाज बाहिरियो, कर्णाली याक्स प्लेअफमा

सोमबार, ०१ पुस २०८१
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को प्लेअफ पुग्ने चार टिमको टुंगो लागेको छ । चौथो टिमको रूपमा कर्णाली याक्स छनोट भएसँगै प्लेअफ पुग्ने टोलीको टुंगो लागेको हो । सोमबार लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिम रोयल्सले १२.२ ओभरमा १०२ रन बनाएको भए कर्णालीको प्लेअफ यात्रा समाप्त हुने थियो । तर, सुदूरपश्चिमले त्यो अवस्थासम्म लक्ष्य भेट्टाउन सकेन । कर्णालीले प्लेअफमा स्थान बनाउँदा काठमाडौं गुर्खाजको यात्रा टुंगिएको छ । ऊ कर्णालीभन्दा नेट रन रेटमा पछि पर्दै प्लेअफ पुग्न नसकेको हो । अब सुदूरपश्चिमले क्वालिफायर वान खेल्नेछ । उसले लिग चरणको अन्तिम खेल पनि जित्ने निश्चित छ । यस्तै, जनकपुर बोल्ट्स, चितवन राइनोजले पनि प्लेअफमा स्थान बनाइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार