इसेवा महाउत्सव बम्पर उपहार योजना : रवि बम्जनले जिते नामी कार

मंगलबार, ०२ पुस २०८१
काठमाडौं : इसेवाले चाडपर्वको अवसरमा आयोजना गरेको इसेवा महाउत्सवको बम्पर उपहारको घोषणा गरेको छ । लक्की ड्रमा मकवानपुर निवासी रवि बम्जनले नामीको इलेक्ट्रिक कार जित्न सफल भएका छन् । पुल्चोक, ललितपुरस्थित एलिस कन्फरेन्समा सोमबार एक औपचारिक कार्यक्रमको आयोजना गरी बम्पर उपहार विजेताको घोषणा गरिएको हो । इसेवाका कार्यकारी अधिकृतहरु, प्रेस प्रतिनिधि, सेलिब्रिटीहरू र कन्टेन्ट क्रियटरहरूको उपस्थितिमा फेसबुक लाइभमार्फत इसेवा महाउत्सवको बम्पर उपहार विजेता छनोट गरेको हो । कार्यक्रम इसेवाका ब्राण्ड प्रवद्र्धकको रुपमा रहेका नेपाली क्रिकेट टोलीका कप्तान रोहितकुमार पौडेल, राष्ट्रिय ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल, तथा हाँस्यव्यङ्य कलाकार सुमन कार्कीको प्रमुख अतिथ्यमा सम्पन्न भएको थियो । २०८१ साल असोज १ देखि कात्तिक ३० गते सम्म चलेको इसेवा महाउत्सव नेपालीहरुको महान चाड दशैं, तिहार तथा छठ पर्वको अवसरमा प्रयोगकर्ताहरुमा थप उत्साह प्रदान गर्ने उद्देश्यले आयोजना गरिएको थियो । यस महाउत्सवमा दैनिक फ्ल्यास सेल, रिल प्रतियोगितादेखि ६५ इन्चको टिभी, आइफोन १६ , आइफोन १६ प्रो जस्ता मेगा उपहारहरुका साथै बम्परमा नामीको इलेक्ट्रिक कार जित्ने मौका पनि समावेश थियो । इसेवा महाउत्सवमा सहभागी भई नामी कार जित्नका लागि इसेवा मार्फत असोज १ देखि कात्तिक ३० भित्र कुनै पनि कारोबार गर्नुपर्ने थियो भने १०० रुपैयाँको खेल खेल्ने प्रयोगकर्ताहरूलाई आइफोन १६ जित्ने मौका र बिजुली बिल, खानेपानी, टिभी, आदि जस्ता घरायसी बिल भुक्तानी गर्दा ६५ इन्चको टिभी जित्न मौका थियो । इसेवा महाउत्सवको अधिकांश विजेताहरूको घोषणा इसेवाको फेसबुक पेजमा फेसबुक लाइभमार्फत भइसेको छ भने बाँकी पुरस्कार विजेताहरु पनि फेसबुक लाइभमार्फत नै चयन गरिनेछ । सरोज कुमार पाण्डे र अविन गुरूअचार्यले १०० रुपैयाँ को खेलमा आइफोन १६ जित्न सफल भएका थिए भने अनिल चालिसे, दिपक महतो र अनिल सिंहले इसेवा टिकटक प्रतियोगितामा सहभागी भई क्रमशः ५०,०००, २५,००० र १५,००० रुपैयाँ हात पारेका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार