दाउरा प्रहार गरेर श्रीमतीको हत्या

बुधबार, ०३ पुस २०८१
दाङ : दाङको तुलसीपुरमा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । तुलसीपुर उपमहानगरपालिका २ भम्केस्थित एकता टोल बस्ने ३२ वर्षीय चित्रबहादुर बुढाथोकीले २९ वर्षीया श्रीमती हस्तीकुमारीको हत्या गरेका हुन् । हत्या गरेको आरोपमा प्रहरीले चित्रबहादुरलाई पक्राउ गरेको छ । उनले दाउरा प्रहार गर्दा हस्तीकुमारीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक प्रकाश थापाले जानकारी दिए । चित्रबहादुर र हस्तीकुमारीका दुई छोरा छन् । उनीहरुबीच केही समययता विवाद भइरहेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार