निर्मलराज पौडेलको “चिरबिर चरी मायालु परी” गीत सार्वजनिक (भिडियोसहित)

सोमबार, ०८ पुस २०८१
काठमाडौँ :  गीतकार निर्मलराज पौडेलको “ चिरबिर चरी मायालु परी ”नामक गीत सार्वजनिक भएको छ । गीतमा पौडेलसँगै गायिका अस्मिता अधिकारीले स्वर दिएका छन् । मोहित मुनालको संगीत रहेको उक्त गीतमा दिपिका थापाको नृत्य रहेको छ । वेलकम एभी प्रोडक्सनले तयार पारेको म्युजिक भिडियोलाई मनिष पौडेलले निर्देशन गरेका हुन्। अङ्ग्रेजी नयाँ वर्षको सन्दर्भ पारेर प्रेमील गीत तयार पारिएको गीतकार पौडेलले बताए । उनले भने “नयाँ पुस्ताको रुचि र भावनालाई समेटने प्रयास गरिएको उक्त भिडियो निर्माणमा कुनै पनि सम्झौता गरेका छैनौ ।” यसअघि गीतकार तथा गायक पौडेलको “छम्म नाचौँ ९ छप्प नाचौँ”, “यसपालि को तीज रमाइलो” र “बडा दसैँ बडा दसैँ, हर्षको आगमन” गीतहरू पनि सार्वजनिक भएका थिए । https://www.youtube.com/watch?v=CNZvHP6nYKI&t=237s

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार