सम्पदालाई न्यायोचित रुपमा प्रयोग गर्नुपर्छ : उपप्रधानमन्त्री सिंह

विहीबार, ११ पुस २०८१
चितवन : उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपालका सम्पदालाई न्यायोचित रूपले बढीभन्दा बढी प्रयोग गर्नुपर्ने बताएका छन् । पूर्वी चिवतनको सौराहामा आजदेखि सुरू भएको १८ औँ चितवन हात्ती तथा पर्यटन महोत्सवको उद्घाटन गर्दै उनले नेपालमा भएका संस्कृति र सम्पदाको न्यायोचित प्रयोग गर्न आवश्यक रहेको बताएका हुन् । उनले भने, “देशमा भएका साधनस्रोतलाई न्यायोचित तवरले देशको हित र अर्थतन्त्रलाई चलायमान गर्ने गरी बढीभन्दा बढी प्रयोग गर्नुपर्छ ।” स्थानीय उत्पादनलाई प्रोत्साहन दिँदै महोत्सवलाई भरपुर उपयोग गर्नुपर्ने मन्त्री सिंहले बताए । महोत्सवमा हात्तीको शृङ्गार प्रतियोगिता, हात्ती वनभोज, हात्तीको फुटबल पेनाल्टी प्रतियोगिता, हात्तीको म्युजिकल वाक, हात्तीको स्वास्थ्यपरीक्षण गरिने महोत्सवका संयोजक रामकुमार अर्यालले बताए । त्यसैगरी पालिकास्तरीय डुङ्गा दौड प्रतियोगिता, स्वदेशी तथा विदेशी टुर एण्ड ट्राभल एजेन्सीसँग गोष्ठी, चितवनमा पर्यटनको सम्भावना हिजो र आज विषयक अन्तक्र्रिया जस्ता कार्यक्रम गरिने जनाइएको छ । महोत्सवमा ८० वटा हात्ती सहभागी गराइने क्षेत्रीय होटल सङघ सौराहाका अध्यक्ष गङ्गा गिरीले जानकारी दिए ।

प्रतिक्रिया

रासस
लेखकको बारेमा
रासस

राष्ट्रिय समाचार समिति (रासस) नेपालको सबैभन्दा पुरानो र देशव्यापी रूपमा रहेको समाचार समिति हो।

सम्बन्धित समाचार