मोरङ : मोरङको उर्लाबारी ३ मङ्गलबारे सडक खण्डमा यात्रुवाहक बसको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।
पथरीबाट पूर्व उर्लाबारीतर्फ जाँदै गरेको प्र १–०१–००१ ख ४१३६ नम्बरको यात्रुवाहक बसले ठक्कर दिदा उर्लाबारी ४ घर भएका ६६ वर्षीय नीरबहादुर लिम्बुको मृत्यु भएको हो ।
इलाका प्रहरी कार्यालय उर्लाबारीका अनुसार दुर्घटनाबाट गम्भीर घाइते भएका लिम्बुको उपचारको क्रममा मदन भण्डारी अस्पताल तथा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।
प्रहरीले बस चालक झापाको जिल्लास्थित हाल्दिबारी ३ बस्ने ३० वर्षीय पदम गौतमलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया