तमू ल्होसारका अवसरमा इलाममा विविध कार्यक्रमको तयारी

शुक्रबार, १२ पुस २०८१
इलाम : इलाममा तमू ल्होसारको अवसरमा विविध कार्यक्रम हुने भएको छ । गुरुङ समुदायले मनाउने तमू ल्होसारको अवसरमा बालबालिकाको नृत्य प्रतियोगिता, खेलकुद प्रतियोगिता, लगायतका कार्यक्रहरू हुने भएको हो । इलाम नगरपालिका ६ मा निर्माणाधिन न्हूपी छोलिङ गुम्बामा कार्यक्रम हुने आयोजक समितिका हरि गुरुङले जानकारी दिए । इलाम गुरुङ समाजले ल्होसारको अवसरमा पुष १४ र १५ खानाका परिकारसमेत प्रदर्शन गर्ने भएको छ । यसैगरी पुष १४ गते चियाबारीमा ल्होसार खुल्ला कविता वाचन प्रतियोगिता राखिनेछ । साथै इलाम ५ मा नै रहेको घलेटार मदानमा छेलो हान्ने प्रतियोगिता समेत राखिएको छ । पुष १५ गते गुम्बामा लामा गुरुहरुद्धारा पूजा पाठ र बालबालिकाहरूका लागि नृत्य प्रतियोगिता सञ्चालन गरिने भएको मुल आयोजक समितिकी अध्यक्ष पविमाया गुरुङले जानकारी दिइन् । गुरुङ समुदायले अन्न फलाएपछि सामूहिक रूपमा खाना खुवाउने कार्यक्रम परापूर्व कालदेखि नै गर्दै आएको भन्दै गुरुङ परिकारसमेत राखिने समितिका सचिव उमेश गुरुङले बताए । यो समुदायले पुष १५ गते ल्होसार पर्व मनाउँदै आएका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार