विराटनगर : विराटनगर महानगरपालिका १६ स्थित दुर्गा मन्दिर परिसरमा सामुदायिक प्रहरी सेवा केन्द्र रानीको आयोजनामा न्यानो कपडा कम्बल वितरण गरिएको छ ।
समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तरगत भएको उक्त कार्यक्रममा कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख प्रहरी नायव महानिरीक्षक राजन अधिकारीको प्रमुख आतिथ्यता तथा कोशी प्रदेश प्रहरी तालिम केन्द्रका समादेशक प्रहरी वरिष्ठ उपरीक्षक अविनारायण काफ्लेको विशिष्ट आतिथ्यतामा न्यानो कपडा कम्बल वितरण गरिएको हो ।
इलाका प्रहरी कार्यालय रानीको सहकार्यमा सञ्चालन भएको उक्त कार्यक्रममा विराटनगर महानगरपालिका १२, १३, १४, १५, १६ र १७ नम्बर वडामा बसोवास गर्ने अल्पसंख्यक, जेष्ठ नागरिक, फरक क्षमता भएका र एकल महिलाहरूसमेत गरी दुई सय जनालाई न्यानो कपडा कम्बल वितरण गरिएको हो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश प्रहरी प्रमुख अधिकारीले एकले अर्कालाई सकेको सहयोग गर्नुपर्ने बताए । हाम्रो समाज विभिन्न समस्या र अभावहरूसँग लडिरहेको अवस्थामा मानव सेवामा समर्पित न्यानो कपडा वितरण सत्कर्म रहेको बताए ।
कार्यक्रममा कोशी प्रदेश प्रहरी गण विराटनगरका प्रमुख प्रहरी उपरीक्षक प्रदीपबहादुर क्षेत्री, जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख प्रहरी उपरीक्षक नारायण प्रसाद चिमरिया, सामुदायिक सेवा केन्द्र रानीका अध्यक्ष किशोर सुब्बा, समित शारडा स्मृति प्रतिष्ठानका अध्यक्ष श्री निवास सारडा, विराटनगर महानगरपालिका १५ र १६ का वडाध्यक्ष, स्थानियबासीलगायतको उपस्थिति थियो ।
प्रतिक्रिया