सुनसरी ४ को नतिजा आएसँगै प्रदेश १ का प्रदेशसभाको ५६ वटै क्षेत्रको नतिजा सार्वजनिक भएको छ । सुनसरी ४ को (क) र (ख)दुबै क्षेत्रको नतिजा आएसँगै प्रदेश १ का सबै क्षेत्रको नतिजा सार्वजनिक भएको हो ।
प्रदेशको ५६ वटै निर्वाचन क्षेत्रको नजिता सार्वजनिक हुँदा नेकपा एमाले पहिलो दल बनेकोे छ । तर, अघिल्लो प्रदेश शभाको निर्वाचनको तलनामा भने एमाले खुम्चिएको छ भने नेपाली कांग्रेसले प्रदेश संसद बढाएको छ ।
यस पटकको निर्वाचनमा एमालेले २५ सिट जित्दा नेपाली कांग्रेसले १७ सिट जितेको छ । तेस्रो दल बनेको नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले ९ सिट जितेको छ । यस्तै, नेकपा एकीकृत समाजवादीले ३ सिट जित्दा राष्ट्रिय प्रजातन्त्र पार्टीले २ सिट जितेको छ ।
प्रदेश १ मा सरकार बनाउनका लागि ४७ सिट आवश्यक पर्छ । सरकार बनाउनका लागि गठबन्धन दलहरूबीच छलफल सुरु हुन थालेको छ ।
प्रतिक्रिया