ऋषिकेश पोखरेलकी श्रीमतीलाई १० लाख धरौटीमा छाड्न आदेश

बुधबार, २४ पुस २०८१
इटहरी : प्रतिनिधि सभाको सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेलकी श्रीमती अन्जला कोइरालालाई १० लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश दिइएको छ । मोरङ अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार न्यायाधीश उद्दवप्रसाद भट्टराई को आदेशले उनलाई १० लाख धरौटीमा छाड्न आदेश दिएको हो । कोइराला सहकारी ठगीमा मुछिएकी थिइन् । यस अघि फरार रहेकी कोइराला बुधबार अदालतमा हाजिर भएकी थिइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार