मोरङका पत्रकारहरूलाई न्यूरो अस्पतालमा निःशुल्क उपचारको सम्झौता थप

बुधबार, २४ पुस २०८१
मोरङ : नेपाल पत्रकार महासंघ मोरङ शाखा र न्यूरो अस्पताल विराटनगरबीच स्वास्थ्य उपचार सेवा तीन वर्षका लागि सम्झौता थप भएको छ । अस्पतालकी कार्यकारी निर्देशक अनिशा विष्ट र महासंघ मोरङ शाखाकी अध्यक्ष सुशीला पाठकले बुधवार सम्झौता थप पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौता अनुसार अस्पतालले निःशुल्क ओपिडी सेवा (पत्रकारका परिवारलाईसमेत) निःशुल्क आकस्मिक सेवा, निःशुल्क एम्बुलेन्स सेवा (विराटनगरभित्रका पत्रकारका लागि), निःशुल्क प्याथोलोजी सेवा प्रदान गरिनेछ । जसमा निःशुल्क एक्स–रे, अल्ट्रासाउन्ड, ई–सिजी, इको, इन्डोस्कोपी, क्लोनोस्कोपी सेवा, बेड चार्ज निःशुल्क, निःशुल्क फिजियोथेरापी सेवाहरू उपलब्ध गराउने महासंघ अध्यक्ष पाठकले जानकारी दिइन् । ५० प्रतिशत छुटअन्तर्गत एमआरआई, सिटी स्क्यान, सिटी एन्जियोग्राफी, क्याथल्याव (एन्जियोग्राफी, एन्जियोप्लास्टी, पेसमेकर), सबै प्रकारका शल्यक्रियाहरू, आइसियु, सिसियू, भेन्टिलेटर, बोन म्यारो डेनसिटी, इइजी, एनसिभी, एनसिएस, टिएमटी, एबिपिएस, होल्टर, कार्डियोग्राफी, बेड चार्ज, फिजियोथेरापी सेवा अस्पताले उपलब्ध गराउने अस्पतालका निर्देशक राजेश भट्टराईले बताए । पत्रकारका आश्रित परिवारलाई समेत ४० तथा ३० प्रतिशत छुटमा विभिन्न स्वास्थ्य सेवाहरू दिनेगरी सम्झौता भएको छ । महासंघको सिफारिसमा सक्रिय पत्रकारिता गरिरहेकाहरूलाई न्यूरो हस्पिटलले उपचार सेवा प्रदान गर्ने पाठकले बताइन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार