मोरङको सुन्दरहरैँचामा चार वटा सिलिन्डर बम फेला, डिस्पोजको तयारी

विहीबार, २५ पुस २०८१
 विराटनगर । पूर्व पश्चिम राजमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका– ७ मालती पुलनजिकै चारवटा सिलिन्डर बम फेला परेको छ । बम रहेको हल्ला चलेपछि खोजीका लागि पूर्वपश्चिम राजमार्ग खण्डमा नेपाली सेना र नेपाल प्रहरीको टोली परिचालन गरिएको थियो । खोजतलासका क्रममा मालती पुलबाट करिब १० मिटर पश्चिममा सुरुङ खनेर राखिएको अवस्थामा बिहीबार दिउँसो ४ वटा सिलिन्डर बम फेला परेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी वेदप्रकाश जोशीले जानकारी दिए । उनका अनुसार माओवादी द्वन्द्व कालमै बम राखिएको सूचना आएको थियो । सूचना लगत्तै पूर्वपश्चिम राजमार्गअन्तर्गत करिब २ किलोमिटर सडकमा सवारी आवागमनमा रोक लगाइएको थियो । जिल्ला प्रशासन कार्यालय मोरङमा सुन्दरहरैँचा – ७ को मालती पुल आसपासमा द्वन्द्वकालको बम रहेको सूचना आएको थियो । राजमार्ग विस्तारको क्रममा उत्खनन गर्दा पड्किन सक्ने जोखिम रहेको भन्दै माओवादीकै केही नेताले स्थानीय प्रशासनलाई सूचना दिएको स्रोतले बतायो । फेला परेको बम नेपाली सेनाको टोलीले डिस्पोजको तयारी गरिरहेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार