निसान पदयात्रामा सहभागी टोली आज हात्तीटारमा

विहीबार, २५ पुस २०८१
इलाम : निसान पदमार्गमा बुधबारबाट सुरू भएको पदयात्रीमा सहभागी टोली आज माईजोगमाई गाउँपालिकाको हात्तीटारमा पुगेको छ । बिहान सूर्योदय नगपालिकाको करफोकको पूर्णे डाँडाबाट हिँडेको टोली आज (बिहीबार) साँझ हात्तीटार पुगेको हो । टोलीमा डेढ सय संख्यामा यात्रीहरू छन् । जनप्रतिनिधिसहित नेपाली सेना, नेपाल प्रहरी, नेपाली सेना स्थानीयको सहभागितामा यात्रा भइरहेको छ । इलामस्थित रणसार्दुल गणको समन्वय तथा इलाम नगरपालिका, सूर्योदय नगरपालिका र माइजोगमाई गाउँपालिकाले संयुक्त आयोजनामा पदयात्रा सञ्चालन भइरहेको छ । उक्त टोली शुक्रबार बिहान हात्तीटारबाट इलाम सदरमुकाम आउनेछ । सदरमुकामस्थित माइस्थान मन्दिरमा निसान राखिएको छ । निसान राखिएको स्थानमा आएर पदयात्राको समापन गरिने इलाम नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष नरेश श्रेष्ठले बताए । उनका अनसार यो यात्रासँगै इलाममा भारतसँग जोडिएर नयाँ पर्यटकीय गन्तव्यको सुरुआत गरिएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार