बराहक्षेत्रमा ज्येष्ठ नागरिकको उपचार गर्न स्वास्थ्यकर्मी घरैमा

विहीबार, २५ पुस २०८१
बराहक्षेत्र : सुनसरीको बराहक्षेत्रमा ज्येष्ठ नागरिकहरूको सम्मानका लागि घरमै पुगेर स्वास्थ्यकर्मीले सेवा सुरू गरेका छन् । घरमै पुगेर स्वास्थ्य परीक्षण र परामर्श गर्ने नगरपालिकाको कार्यक्रमअनुसार स्वास्थ्यकर्मीहरूले सेवा सुरू गरेका हुन् । नगरपालिकाका सस्वास्थ्यकर्मी स्थानीय वडाका जनप्रतिनिधिहरूसँग समन्वय गरेर तीन–तीन महिनामा ज्येष्ठ नागरिकहरूको स्वस्थ्य परीक्षण गर्न घरमै पुग्ने गरेको नगर प्रमुख रमेश कार्कीले बताए । वडाका ज्येष्ठ नागरिक, जो स्वास्थ्य संस्थासम्म पुग्न समस्या हुने, नियमित औषधी लिने, दीर्घ रोगीहरूको सुविधाको लागि घरमै गएर स्वास्थ्य परीक्षणसहित औषधी उपचार गरिएको उनले बताए । नगर स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक उमेश मेहताका अनुसार उक्त योजना गत आर्थिक वर्षबाट नगर कार्यपालिकाबाट कार्यविधि बनाएर सञ्चालन भइराखेको छ । स्वास्थ्य चौकी र स्वास्थ्य संस्थामा आउन नसक्ने ज्येष्ठ नागरिकको तथा दीर्घ रोगीहरूको स्वास्थ्य परीक्षण गरी औषधीसमेत वितरण गरिएको उनले बताए । स्वास्थ्य परीक्षण, परामर्श सेवा स्वास्थ्य परीक्षणसहित उपचार गर्ने गरिएको वडा नं. ६ का अध्यक्ष उद्बव पोखरेलले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार