बनेका सबै सरकार बलिया नै हुन्छन् : महामन्त्री थापा

शुक्रबार, २६ पुस २०८१
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कुनै पनि सरकार बलियो हुने बताएका छन् । फुटवेयर म्यान्रुफ्याक्वरर्स एसोसिएसन अफ नेपालको २३ औं वार्षिक साधारण सभा तथा स्थापना दिवसको अवसरमा बोल्दै उनले प्रतिनिधिसभामा बहुमत नभइ सरकार नबन्ने र हरेक बनेका सरकारहरू बलिया हुने गरेको बताएका हुन् । उनले भने, ‘दुईवटा पार्टी नेपाली कांग्रेस र एमाले मिलेर सरकार बनेको छ । हामी कहिलेकाहीँ कुनै सरकार बलियो भन्छौं भने कुनै सरकारलाई कमजोर सरकार भन्छौं । तर मलाई चाँही प्रत्येक सरकार बलियो लाग्छ । किनभने प्रतिनिधिसभामा बिना बहुमत सरकार बन्दैन । नेपाली कांग्रेस र एमाले मिलेर बनेको सरकार बलियो यो कारणले हो भनेर चाँही प्रमाणित गर्नुपर्छ ।’ साथै उनले नागरिकले प्राप्त गर्ने लाभले मात्र यो सरकार बलियो हुने बताए । उनले नागरिक खूसी भए मात्र सरकार बलियो हुँदै जाने र प्रमाणित समेत हुने जिकिर गरे ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार