काँग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम गर्ने

आइतबार, २८ पुस २०८१
काठमाडौँ । नेपाली काँग्रेसले माघ २ गते “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्ने भएको छ । आइतबार सूचना जारी गर्दै काँग्रेसले शिक्षा नीति बहस अन्तर्गत, माघ २ गते बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालयको सभा हलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रमको आयोजना गर्न लागेको जानकारी दिएको हो । सूचनामा भनिएको छ,अहिले संसद्मा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयकलाई यथाशीघ्र टुङ्गोमा पुर्‍याउन राजनीतिक सहमति निर्माण गर्न आवश्यक छ। विधेयकमा रहेका जटिलताहरूलाई सम्बोधन गर्दै यसलाई अझ प्रभावकारी बनाउने दिशामा विज्ञ र सरोकारवालाको अमूल्य राय र सुझावको आवश्यकता रहेको छ। त्यसै सन्दर्भमा शिक्षा नीति बहस अन्तर्गत, २ माघ २०८१ बिहान ११ः३० बजे, नेपाली काँग्रेस केन्द्रीय कार्यालयको सभा हलमा “विद्यालय शिक्षा विधेयक र सरोकार“ विमर्श कार्यक्रम आयोजना गरिने छ’ शिक्षा प्रणाली र यसका आयाममा विश्वव्यापी परिवर्तन भइरहेका बेला नीति र प्राथमिकतामा पनि रूपान्तरण महसुस गरेको काँग्रेसले जनाएको छ ।    

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार