ओलीको आलोचना गरेपछि एमाले नेता कार्की पार्टीबाट निलम्बित

बुधबार, ०२ माघ २०८१
विराटनगर । नेकपा (एमाले) कोसी प्रदेश कमिटीले प्रदेशसभाका पूर्वसदस्य विमल कार्कीमाथिको कारबाहीको निर्णय अनुमोदन गरेको छ । कार्कीलाई पार्टीबाट ६ महिना निलम्बन गर्न सिफारिस गरिएको थियो । प्रदेश कमिटी बैठकबाट त्यसलाई अनुमोदन गरिएको हो । उदयपुर निर्वाचन क्षेत्र नम्बर–१ ‘क’बाट ०७४ सालमा उनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीविरुद्ध सामाजिक सञ्जालमा आफ्नो अभिमत राखेका थिए । त्यसलाई अनुशासनविपरीत कार्य भन्दै निलम्बन गरिएको हो । कार्की एमालेको राष्ट्रिय प्रतिनिधि परिषद् सदस्य हुन् । पार्टीको नीतिविपरीत विभिन्न ढंगको क्रियाकलाप गरेकाले उनलाई कारबाही गरिएको एमाले कोसी प्रदेश सचिव राजकुमार भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार