प्रतिपक्षी दलहरूले संसद अधिवेशन बोलाउन सरकारलाई दबाब दिने

बुधबार, ०२ माघ २०८१
काठमाण्डौँ : प्रतिपक्षी दलहरूले सदन छलेर अध्यादेश ल्याउनु गलत भएको निष्कर्ष निकालेका छन् । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालय सिंहदरबारमा आज बिहान बसेको दलहरूको बैठकले उक्त निष्कर्ष निकालेका हुन् । यस्तै बैठकले संयुक्त वक्तव्य निकालेर संसद् अधिवेशन बोलाउन सरकारलाई दबाब दिने निर्णय समेत गरेको छ । सरकारले नियमित अधिवेशन नबोलाए विशेष अधिवेशन मागको तयारी गर्ने निर्णय भएको माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले जानकारी दिए । बैठकमा एकीकृत समाजवादीका माधव कुमार नेपाल र बेदुराम भुसाल, रास्वपाका डीपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, आजपाका प्रभु साह तथा नेसपाका महिन्द्रराय यादव र गङ्गानारायण श्रेष्ठ सहभागी थिए । माओवादी केन्द्रबाट अध्यक्ष प्रचण्ड, नारायणकाजी श्रेष्ठ, वर्षमान पुन र शक्ति बस्नेत सहभागी थिए ।  

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार