विर्तामोडको एक ग्यारेजमा आगलागी हुँदा तीनवटा बस जल्यो

बुधबार, ०२ माघ २०८१
दमक । झापाको बिर्तामोडस्थित एक ग्यारेजमा आगलागी हुँदा तीन वटा बसमा क्षति भएको छ । आगलागीबाट ग्यारेजमा मर्मतका लागि राखिएका तीन वटा बसमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । बुधवार बिहान साढे १० बजेतिर बिर्तामोड–५ स्थित पश्चिम बस स्टेसननजिक रहेको ग्यारेजमा निधि क्याम्पसको मे १ ख ३३४५ नम्बरको बसमा मर्मत गर्ने क्रममा अचानक विद्युत् सर्ट भएर आगलागी भएको बताइएको छ । आगलागीबाट क्याम्पसको बस जलेर नष्ट भएको छ । त्यस्तै, सोही ग्यारेजमा बनाउन ल्याइएको मे १ ख२२१५ नम्बरको मातृ भाग्य रेखा बसको अगाडिको भाग र प्र १–०१–००१ख ४१२६ नम्बरको बसको पेन्टिङ जलेर क्षति पुगेको प्रहरीले जनाएको छ । तीन वटा गाडी जल्दा अन्दाजी २१ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । बसमा लागेको आगो बिर्तामोड नगरपालिकाको दमकल, नेपाल प्रहरी र स्थानीयवासीको सहयोगमा नियन्त्रणमा लिएका थिए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार