पोखरा : पोखराबाट एक जना नेपाल प्रहरीका नक्कली डिएसपी पक्राउ परेका छन् । पोखरा महानगरपालिका वडा नं. ८ सृजना चोक स्थित रहेको ढावा रेस्टुरेन्ट एण्ड बारबाट आइतबार राती करिब १० बजेको समयमा नक्कली डिएसपी पक्राउ पक्राउ परेका हुन् ।
पक्राउ परेका अभियुक्त बाग्लुङ नगरपालिका वडा नं.४ कुडुलेफेदी घर भएका वर्ष ३२ को चन्द्रकान्त पौडेल रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ ।
अभियुक्त पौडेलले उक्त रेस्टुरेन्ट एण्ड बारमा अर्डर गरी आफूले मागे अनुसारको खानेकुराहरू खाए पश्चात् म प्रहरीको डि.एस.पि. हुँ भन्दै धाक धम्की दिएको प्रहरीको आरोप छ ।
हाल जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा रहेका पौडेलका विरुद्ध अभद्र व्यवहार सम्बन्धी मुद्दामा जिल्ला प्रशासन कार्यालयबाट १० दिनको म्याद थप गरी अनुसन्धान प्रक्रिया अगाडी बढाइएको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया