रास्वपाले भन्यो- ‘पार्टी सदस्यले वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि हातपात गरेको भेटिए कारबाही हुन्छ ’

बुधबार, ०२ माघ २०८१
काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि हातपात गर्नेमा पार्टी सदस्य संलग्न भएको पाइए कारबाही गर्ने जनाएको छ । बुधबार रास्वपाले विज्ञप्ति जारी गर्दै पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुने जनाएको छ । ‘यस विषयमा राष्ट्रिय स्वतन्त्र पार्टीको सम्बन्धित अनुशासन विभागको ध्यानाकर्षण भएको छ र सो घटनामा यदि दलको कुनै पनि सदस्यको संलग्नता भेटिएमा आवश्यक कारबाही हुनेछ । पक्कै पनि यस किसिमको व्यवहार कानुनी शासन, सुदृढ राजनीतिक अभ्यास र न्यायप्रति विश्वास राख्ने राजनितिक दलको लागि स्वीकार्य छैन,’ रास्वपाका कार्यवाहक प्रवक्ता मनीष झाद्वारा बुधबार जारी विज्ञप्तिमा उल्लेख छ । बुधबार काठमाडौं जिल्ला अदालत परिसरभित्र रास्वपा सभापति एवं सहकारी ठगीका आरोपित रवि लामिछानेविरुद्धको मुद्दामा थुनछेक बहस सकेर बाहिरिने क्रममा वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि एक समूहले हातपात गरेको थियो ।

प्रतिक्रिया

नेपाल न्युज बैंक
लेखकको बारेमा
नेपाल न्युज बैंक

नेपाल न्युज बैंक समाचार एजेन्सी हो ।

सम्बन्धित समाचार