१९ चैतभित्र क्रियाशील सदस्य बुझाउन कांग्रेसको सर्कुलर

शुक्रबार, ०४ माघ २०८१
काठमाडौं : नेपाली कांग्रेसले क्रियाशील सदस्यता नवीकरण तथा वितरण गरी चैत १९ गतेभित्र विवरण पठाउन सर्कुलर जारी गरेको छ । महामन्त्री गगन थापा नेतृत्वको केन्द्रीय सदस्यता व्यवस्थापन समितिले जारी गरेको सर्कुलरमा चैत १९ गते दिउँसो ३ बजेभित्र शूल्कसहित विवरण बुझाइसक्न निर्देशन जारी गरिएको हो । १५ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता वितरण तथा नवीकरण सकेपछि मात्र अन्य कार्यतालिकामा प्रवेश गर्ने बाटो खुल्ने महामन्त्री थापाले बताए ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार