धरानको भोटेपुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना प्रहरी घाइते

आइतबार, १३ माघ २०८१
विराटनगर । सुनसरीको धरानस्थित भोटेपुलमा मोटरसाइकल दुर्घटना हुँदा दुई जना प्रहरी गम्भीर घाइते भएका छन् । धरान उपमहानगरपालिका–८ भोटेपुलमा राति ११ः४५ बजेतिर को २० प ६५६२ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा ड्युटीमा खटिएका प्रहरी घाइते भएका हुन् । इलाका प्रहरी कार्यालय धरानबाट भोटेपुलतर्फ जाँदै गरेको मोटरसाइकल अचानक टायर पन्चर भएर दुर्घटनामा परेको जनाइएको छ । दुर्घटनामा परेर झापाको प्रहरी चौकी महेशपुर दरबन्दी भइ इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी सहायक हवल्दार ताप्लेजुङको फुङलिङ नगरपालिका–२ का अन्दाजी ३४ वर्षीय आइतराज लिम्बू र पछाडि सवार इलाका प्रहरी कार्यालय धरानमा कार्यरत प्रहरी हवल्दार सप्तरी घर भएका अन्दाजी ३९ वर्षीय सुर्तीलाल चौधरी गम्भीर घाइते भएका हुन् । टाउकोमा चोट लागेका दुवै जनालाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको प्रहरीले जनाएको छ । दुवै जनाको अवस्था गम्भीर छ भने दुर्घटनाग्रस्त मोटरसाइकल इलाका प्रहरी कार्यालय धरानको नियन्त्रणमा छ । प्रहरीले घटनाको अनुसन्धान सुरु गरेको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार