सारंग’फिल्ममा अभिनय गरेपछि श्रीमानसँग ठूलो स्वर गर्नै छाडेंउनीहरुको अभिनय, बुझेका कुरा जसरी पर्दामा देखाएका छन् एकदमै मन छुने बनेको छ । फिल्ममा एकदमै पारिवारिक कथा समेटिएको छ । अहिलेको जल्दोबल्दो कथा, श्रीमान–श्रीमतीबीच हुने झगडाले बच्चाहरुलाई कस्तो मानसिक असर पारिरहेको छ भन्ने कुरा सिनेमाले बोलेको छ । त्यो बाहेक सानो छँदा साथी बनाउने अर्थात को र कस्तो साथी बनाउने, कुन जातको हो त्यसले केही फरक पर्दैन् थियो । तर अहिले धेरै सोच्छौ, धेरै स्वार्थी भएका छौ । त्यही भएर सोचेर मात्र साथी बनाउँछौं । सानो बेलामा साथी भए पुग्ने, उसको लागि जे नि गर्ने हुन्थ्यो । यही बारेमा पनि सिनेमाले बोलेको छ । यसलाई अभिभावकहरुले धेरै नै मन पराउनु हुनेछ, हामीलाई धन्यवाद दिनु हुनेछ । फिल्ममा तपाईको भूमिका के कस्तो छ ? यसमा मेरो भूमिका एक श्रीमती र एउटा आमाको छ । श्रीमानसँगको झगडाले उसको मानसिकता कस्तो हुन्छ । उसले जीवनमा के चाहन्छ र घरलाई कसरी मिलाउन खोजिरहेको छ भन्ने कुरा फिल्ममा रहेको भूमिकाले भनिरहेको छ । यसका साथै सम्बन्धविच्छेद भन्ने कुराले महिलाहरुलाई कति असर पारिरहेको छ भन्ने कुरा फिल्मले बोलेको छ । बाहिरको काम पनि नगर्ने, घरमै बस्ने साथै मानसिक तनावमा गुज्रिरहेका महिलाहरुसँग फिल्म धेरै नै सम्बन्धित छ । खासमा फिल्मको स्क्रिप्ट राम्ररी अध्ययन गरेर नै अभिनयका लागि साइन गर्नुभएको हो ? निर्देशक प्रशान्त तामाङले मेरै लागि लेखेको भनेर स्क्रिप्ट लिएर आउनु भएछ । त्यो भन्ने वित्तिकै एक प्रकारमा सम्मान भएको अनुभूति भयो । सुरुमा स्क्रिप्ट पढ्दा त्यति राम्रो थिएन, कति कुराहरु मिस भएको जस्तो थियो । त्यसपछि त्यसलाई सुधार गर्नुपर्छ भनेर बस्यौं । धेरै कुरामा सल्लाह भयो, अरु कलाकारसँग पनि सबैले छलफल गर्यौं । प्रशान्तको भिजन भने क्लियर थियो, एकदम सामान्य र इनोसेन्ट फिल्म बनाउन चाहनुहुन्थ्यो ।
सम्बन्ध विच्छेदमा महिलाको मात्र चर्चा हुनु राम्रो लाग्दैन्बच्चाहरुसँग प्रशान्तको एकदमै लगाव छ । विगत १०–१५ वर्षदेखि डान्स टिचर भएको मान्छेले बनाउन खोजेको फिल्म एकदमै मिठास लाग्यो । सिनेमा खिच्दै जाँदा राम्रो हुन्छ जस्तो लागेको थियो । तर जब सिनेमा पूर्ण रुपले हेरें त्यसपछि एकदमै उत्कृष्ट लाग्यो । नयाँ निर्देशकसँग काम गर्दा कस्तो अनुभव रहयो ? एकदमै रमाइलो रह्यो । नयाँ निर्देशकसँग काम गर्न एकदमै मनपर्छ । किनभने नयाँहरुमा एकदमै मेहेनत गर्ने र उर्जा हुन्छ । म केही गर्छु भन्ने र आफूलाई साबित गर्नुपर्छ भन्ने खालको भावना हुन्छ । पछि सिक्दै गएपछि यस्ता कुराहरुलाई सामान्य लिनेपनि देखेका छौ । तर प्रशान्तमा एकदमै सकारात्मक उर्जा थियो । यही कारणले मैले सक्दो यसलाई सपोर्ट गरेको हो । फिल्ममा वाल मनोविज्ञानको कथा देखाइएको छ भन्नुभयो । तपाई यतिबेला आमा बनिसक्नुभएको छ । फिल्ममा अभिनय गर्दैगर्दा कस्तो अनुभव गरिरहनुभएको छ ? फिल्म गर्ने बेला मेरो बाबु सानै थियो । तपाईहरुले फिल्म हेर्नु नै हुन्छ होला, त्यो बेला म मोटी थिए, सुत्केरी नै थिए । बच्चा काखे हुने बेलासम्म पनि तपाईले कति कुराहरु ध्यान दिनुहुन्न, जस्तै म र मेरो श्रीमानबीच कुनै कुरा मिलेन भने ठूलो ठूलो स्वर गर्ने गरेका थियौं । तर सारंग अभिनय गरिसकेपछि त्यो कुरा मैंले बन्द गरेको छु । मैले त्यो फिल्मबाट सिकेको कुरा भनेको नै बच्चाहरुको अगाडि झगडा गर्नु हुदैँन् भन्ने हो । बच्चाहरुलाई त्यो खालका व्यवहार र बोली सुन्न दिनु हुदैँन् भन्ने मैले सिक लिएर गएको छु । हजुरले भनिहाल्नुभयो स्क्रिप्ट लेख्दा नै हजुरको लागि लेखेको थियो भनेर । फिल्म प्रदर्शनमा आउनै बाँकी छ । यसको मूल्यांकन पक्कै हुनेछ । हजुर आफैंलाई चाँही आफ्नो अभिनयले कत्तिको न्याय गरेको जस्तो लाग्छ ? एउटा अपेक्षा हुन्छ । सिनेमामा म छु भने यो मान्छेले त गरिहाल्छ भन्ने खालको अपेक्षा हुने रहेछ । तर प्रशान्तले तपाईलाई केही पनि थाहा छैन् भन्ने खालको बनाएर एकदमै जिरोमा ल्याएर काम गराएको छ । सिनेमा त सहयोगी कलाकार जस्तो मात्र हो ।सम्राट र आदित्य चाहीं मुख्य हिरोहरु हुन् । फिल्मको मुख्य कलाकार भनेको उनीहरु नै हुन् ।
सामाजिक संजालको कमेन्ट हेर्न आँट आउँदैन र हेर्दिन्सिनेमाभरी उहाँहरुलाई देख्नुहुनेछ । सिनेमामा पात्र आएपछि कस्तो हुन्छ भने कि तपाईले भोगेको, कि देखेको, कि सुनेको कुरा हुनुपर्छ । मेरो तर्फबाट दुई सय प्रतिशत नै प्रयास गर्छु र गरेको छु । जति जनाले सिनेमा हेर्नु भएको छ, उहाँहरुले मन पनि पराउनुभएको छ । फिल्ममा खासमा मैले खेलेको भूमिका मन पराउने भन्दा पनि मन नपराउने खालको छ । एकदमै किचकिचे स्वभावको छ । यसमा दर्शकहरुलाई पनि रिस उठ्ने मन नपर्ने भयो भने त्यो नै सफलता हो । फिल्मको भिलेनलाई देखेर रिस उठ्नु भनेको उसले राम्रो काम गरेको हो । यो फिल्ममा यस्तै छ । मैले आफ्नो तर्फबाट सक्दो गरेको छु । सबैभन्दा ठूलो कुरा भनेको निर्देशकले कति देखाउन सक्नुभयो भन्ने हो । उक्त भूमिका निर्वाह गर्न चाँही कत्तिको सहज या अप्ठ्यारो भयो ? फिल्ममा त्यति गार्हो भएन् । तर एउटा सिनमा भने गार्हो भएको थियो । दर्शकहरुले पनि रुचाउनु हुदैँन् जस्तो लाग्छ । एउटा बच्चालाई पिटेको सिन छ । त्यो सिन गर्नको लागि मलाई एकदमै अप्ठयारो भयो । सिनेमामा एउटा कुरा धेरै पटक गर्नु पर्ने हुन्छ । धेरै सट चाहिन्छ । त्यही कुरा धेरै पटक गर्दा त मान्छेलाई दुख्छ नि । हानेको जस्तो मात्र गरौं भने त्यो देखाएको जस्तो देखिएला । तर त्यो एउटा सिन एकदमै गार्हो किसिमको थियो ।
प्रतिक्रिया