स्याङ्जा २ मा कांग्रेस धनराज गुरुङको अग्रता कायमै

शनिबार, १७ मंसिर २०७९
प्रतिनिधि सभातर्फ स्याङ्जा क्षेत्र नं २ मा नेपाली कांग्रेसले अग्रता कायम गरेको छ । कांग्रेस उपसभापतिसमेत रहेका धनराज गुरुङले २२ हजार ४८० मतसहित अग्रता लिएका छन् । नेकपा एमालेकी सचिव पद्मा अर्यालले २० हजार २६७ मत पाएकी छन् । राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङको पक्षमा ७ हजार २३८ मत छ । गुरुङभन्दा अर्याल २२१३ मत अन्तरले पछि छिन् । प्रदेश सभा २ तर्फ नेपाली कांग्रेसका उम्मेदवार महेश भट्टराई १० हजार २६१ मतसहित अगाडि छन् । उनलाई पछ्याइरहेका नेकपा एमालेका उम्मेदवार बुद्धिमान श्रेष्ठले १० हजार ११९ मत पाएका छन् । उनीहरुबीच १४२ मतको अन्तर छ । प्रदेश सभा १ तर्फ भने नेपाली कांग्रेसका उम्मेदवार भोजराज अर्याल विजयी भइसकेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार