विराटनगर : नेपाल कानुन व्यवसायी परिषद् (नेपाल बार काउन्सिल)का सात वटै प्रदेशका पार्षदहरू निर्वाचित भइसकेका छन् । प्रत्येक प्रदेशबाट एक जना पार्षद निर्वाचित हुने व्यवस्था छ ।
निर्वाचनका लागि ७ वटा प्रदेशबाट १४ जनाको उम्मेदवारी दर्ता भएको थियो । प्रत्येक प्रदेशमा २–२ जनाले उम्मेदवारी दिएका थिए ।
पार्षद चयनका लागि शनिबार निर्वाचन भएको थियो । निर्वाचनको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ ।
निर्वाचनका लागि नेकपा (एमाले)निकट पीपीएलए, नेकपा (माओवादी केन्द्र)निकट आरपीएलए, नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा निकट पीएलए, मोहन वैद्य निकट एनपीएलए र जनता समाजवादी पार्टी (जसपा)निकट एफएलएसहितको ‘प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी’ गठबन्धन बनेको थियो ।
नेपाली कांग्रेस निकट डीएलए र नेकपा (एकीकृत समाजवादी)निकट एसपीएलएको अर्को गठबन्धन थियो ।
प्रगतिशील, गणतान्त्रिक, समाजवादी, स्वतन्त्र, देशभक्त, समावेशी गठबन्धन र डीएलए–एसपीएलए गठबन्धनका उम्मेदवारबीचत प्रतिस्पर्धा भएर पार्षदको टुंगो लागेको हो ।
काउन्सिलले कानुन व्यवसायीको लाइसेन्स वितरण तथा खारेजी, कानुनी शिक्षा, कानुन व्यावसायीको आचारसंहितालगायतका क्षेत्रमा काम गर्छ । बार काउन्सिलको अध्यक्ष महान्यायाधिवक्ता हुने प्रावधान छ ।
हेर्नुहोस् सूची
प्रतिक्रिया