ताप्लेजुङको पाथीभरा क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात

शनिबार, १० फागुन २०८१
ताप्लेजुङ : ताप्लेजुङको पाथीभरा (मुकुमलुङ) क्षेत्रमा यस वर्षकै बाग्लो हिमपात भएको छ । गएराति तीन हजार सात सय ९४ मिटर उचाइमा रहेको पाथीभरालगायतका क्षेत्रमा बाग्लो हिमपात भएको हो । पाथीभरा क्षेत्र विकास समितिका कर्मचारीसमेत रहेका स्थानियवासी राजेन्द्र महतका अनुसार यसअघि पुसमा पहिलो पटक र फागुन पहिलो हप्ता दोस्रो पटक पाथीभरा क्षेत्रमा सामान्य हिमपात भएको थियो । गएराति भने निकै बाग्लो हिमपात भएको छ । पाथीभरा क्षेत्रमा बाग्लो हिमपात परेपनि दर्शन गर्न पुग्ने तिर्थयात्रीलाई खासै असर नपरेको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले बताउनुभयो । उहाँका अनुसार पाथीभराधामबाट झण्डै दुई किलोमिटर पदमार्गमा फाइवरको छानो लगाएकाले हिमपात भए पनि तिर्थयात्री सहजै पाथीभरा धामसम्म जान सक्छन् । पाथीभरा क्षेत्र विकास समितिका अनुसार आज अहिलेसम्म झण्डै तीन जना तिर्थयात्रीले पाथीभरा धामको दर्शन गरेका छन् ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार