रणशार्दूल गणद्वारा राहसल बाल अनाथालयलाई सहयोग

शनिबार, १० फागुन २०८१
इलाम: महाशिवरात्रि तथा नेपाली सेना स्थापनाको २६२औं वार्षिकोत्सव को अवसरमा रणशार्दूल गणले इलाम नगरपालिका-९ स्थित राहसल बाल अनाथालयलाई शैक्षिक, खेलकुद तथा खाद्य सामाग्री हस्तान्तरण गरिएको रणशार्दूल गणका निमित्त गणपती उमेश पुरीले जानकारी दिए। शनिबार आयोजित कार्यक्रममा गणले अनाथालयका बालबालिकाहरूका लागि बिहानको खाजाको समेत व्यवस्था गरेको थियो। सामग्री हस्तान्तरण कार्यक्रममा जिल्ला सुरक्षा निकायका सुरक्षा प्रमुखहरू, इलाम-९ का वडा अध्यक्ष गोपाल चौहान, नेपाल पत्रकार महासंघ इलामका अध्यक्ष भीम चापागाई, अनाथालय व्यवस्थापन समितिका पदाधिकारीहरू तथा स्थानीयको उपस्थिति रहेको थियो। रणशार्दूल गणका प्रमुख प्रह्लाद घलेका अनुसार अनाथालय व्यवस्थापन समिति अध्यक्ष माया भट्टराईले नेपाली सेनाले गरेको सहयोगप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्तो सहयोगलाई निरन्तरता दिन आग्रह गरिन्। राहसल बाल अनाथालय सहयोगी दाताहरूको सहायतामा सञ्चालन हुँदै आएको छ। पछिल्लो समय जन्मदिन, स्थापनादिवस तथा विशेष अवसरहरूमा अनाथालयलाई विभिन्न संस्थाहरूले सहयोग गर्ने परिपाटी बढ्दै गएको छ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार