कस्तुरी एकेडेमीले जित्यो नृत्य प्रतियोगिता, गायन पिसजोन प्रथम

शनिबार, १७ मंसिर २०७९
उच्च शिक्षालय तथा माध्यमिक बिद्यालय संघ हिसान इटहरी नगरले आयोजना गरेको हिसान स्पोर्टस मिट अन्तर्गत नृत्य प्रतियोगितामा कस्तुरी एकेडेमी प्रथम भएको छ । इटहरी ८ स्थित सुष्मा स्कुलमा सम्पन्न नृत्य प्रतियोगितामा लर्डबुद्ध स्कुलले दोस्रो स्थान हासिल गर्दा बिश्वआदर्श कलेजले तेस्रो स्थान हासिल गरेको छ । यस्तै स्पोर्टस मिट अन्तर्गत नै सम्पन्न गायन प्रतियोगितामा पिसजोन स्कुल प्रथम हुदा ग्रिनपिस स्कुल दोस्रो भएको छ । कोशी कलेजले तेस्रो स्थान हासिल गरेको छ । गायन र नृत्य प्रतियोगितामा हिसानमा आबद्ध इटहरी नगरक्षेत्रका एक दर्जन शिक्षालयहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार