एमाले मोरङको नयाँ नेतृत्व चयन गर्न निर्वाचनको प्रक्रिया सुरु

सोमबार, १९ फागुन २०८१
विराटनगर । नेकपा (एमाले) मोरङको १० औं जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व चयन गर्नका लागि निर्वाचन कार्यक्रम सुरु भएको छ । निर्धारित कार्यतालिकाको समयभन्दा करिब ४ घण्टा ढिलो निर्वाचनको प्रक्रिया सुरु भएको हो । निर्वाचन कमिटीले आज (सोमबार) बिहान ८ बजे नै निर्वाचन कार्यक्रम सुरु गर्ने बताएको थियो । तर, ४६ जना मनोनित प्रतिनिधिको विषयमा विवाद बढेपछि करिब ४ घण्टा ढिलो नामावली प्रकाशन भयो । आजै मनोनयन दर्तापछि मतदान गर्ने कार्यसूची छ । निर्वाचन कमिटीको सार्वजनिक गरेको विवरण अनुसार अधिवेशनका लागि भूगोलतर्फ ७ सय ४५, जनसंगठनतर्फ १ सय २० र मनोनित ४६ गरी जम्मा ९ सय ११ जना प्रतिनिधि कायम भएका छन् । एमाले मोरङको १० औं जिल्ला अधिवेशनले १ सय ६५ सदस्यीय नयाँ कार्यसमिति चयन गर्नेछ । वरिष्ठ अधिवक्ता सुरेशलाल श्रेष्ठको संयोजकत्वमा ७ सदस्यीय निर्वाचन कमिटी बनाइएको छ ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार