काठमाडौं : पूर्वयुवराज पारस शाह अस्पताल भर्ना भएका छन्।
घरमै हृदयघात भएपछि आइतबार साँझ उनलाई सहयोगीले थापाथलीस्थित नर्भिक अस्पतालमा पुर्याएका थिए ।
अस्पताल स्रोतका अनुसार अहिले उनको स्वास्थ्य अवस्था सुधार उन्मुख छ।
उनको स्वास्थ्यमा निरन्तर सुधार आइरहेको र खतरामुक्त रहेको अस्पताल स्रोतले जानकारी दिएकाे छ ।
प्रतिक्रिया