बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली

शनिबार, १७ मंसिर २०७९
शान्तिका लागि सञ्चार अभियानद्धारा सञ्चालित बुद्ध सामुदायिक टेलिभिजनको अध्यक्षमा पुनः ओम ज्ञवाली सर्वसम्मत निर्वाचित भएका छन् । ज्ञवालीको नेतृत्वमा दोस्रोपटक १५ सदस्यीय कार्य समिति सर्वसम्मत चयन भएको हो । मनोनयनमा दिएका निर्बतमान अध्यक्ष पृथबहादुर फौदारले उम्मेदवारी फिर्ता गरेसंगै सर्वसम्मत नेतृत्व चयन भएको निर्वाचन समितिका संयोजक डा बुद्ध बहादुर थापाले जानकारी दिए । त्यस्तै समितिको उपाध्यक्षमा गोपाल ज्ञवाली, सचिबमा तिर्थराज पंगेनी, कोषाध्यक्षमा अरुणकुमार श्रेष्ठ, सहसचिबमा झपटबहादुर (जेबी) गुरुङ निर्विरोध चयन भएका छन् । त्यस्तै सदस्यहरुमा कमला काफ्ले, जगत पौडेल, दुर्गा नेपाल, रणबहादुर खनाल, रामबहादुर थापा, डोलराज बस्याल, घनश्याम तिवारी निर्वाचित भएको थापाले बताए।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार