नेपाली बजारमा लिपमोटर टी-०३ को बिक्री सुरु, मूल्य २८ लाख ९९ हजार

मंगलबार, २० फागुन २०८१
समारोहमा बोल्दै साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले कम्पनीको नेपालमा नवीनतम र दिगो विश्वस्तरीय सवारी ल्याउने प्रतिबद्धतालाई निरन्तरता दिन पाएकोमा खुसी व्यक्त गरे । यस्ता छन् लिपमोटर टी-०३ का विशेषता लिपमोटर टी-०३ मा ३७ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध  छ । यसले एकपटकको फुलचार्जमा करिब २७० किलोमिटरसम्म रेन्ज दिने कम्पनीको दाबी छ । यस गाडीमा ‘आईफ्लाई टेक ३.० भ्वाइस इन्टर्‍याक्सन सिस्टम’ उपलब्ध छ । उक्त भ्वाइस एसिस्टेन्सको सहयोगले फोन कल, नेभिगेसन, मिडिया र अन्य केही फिचर ह्यान्ड्स फ्रीमै कन्ट्रोल गर्न सकिन्छ । क्लासिक डिजाइनमा उपलब्ध टी-०३ लिपमोटरको ‘प्रोप्राइटरी इलेक्ट्रिफिकेसन च्यासिस टेक्नोलोजी’मा आधारित छ । यसमा ९३ प्रतिशत हाई इफिसियन्सी रहेको कम्पनीको भनाइ छ । ‘फोर इन वान इन्ट्रिग्रेटेड इलेक्ट्रिक कन्ट्रोल सिस्टम’ रहेको टी-०३ मा कम भेहिकल तौलमा नै इन्टेरियर स्पेश पाउन सकिन्छ । लिपमोटरले यसलाई इको, स्ट्यान्डर्ड र स्पोट्स गरी तीन ड्राइभिङ मोड दिएर तयार पारेको हो । साङ्ग्रिला मोटर्सले लिपमोटरको टी-०३ ह्याचव्याकको मूल्य २८ लाख ९९ हजार रुपैयाँ तोकेर बिक्री सुरु गरिएको साङ्ग्रिला मोटर्सका प्रबन्ध निर्देशक हेमन्त गोल्छाले बताए । साङ्ग्रिला मोटर्स नेपालमा दिगो सवारीका लागि नयाँ मापदण्ड तय गर्दै नयाँ पुस्तामा विद्युतीय सवारीसाधनहरू उपलब्ध गराएर अटोमोटिभ ल्यान्डस्केपलाई नयाँ आकार दिन समर्पित रहेको गोल्छाको भनाइ थियो । कार्यक्रममा नेपाल राष्ट्रिय क्रिकेट टोलीका कप्तान तथा लिपमोटर र सिट्रोनका ब्रान्ड एम्बासडर रोहित पौडेलको पनि उपस्थिति थियो ।

प्रतिक्रिया

प्रदेश खबर
लेखकको बारेमा
प्रदेश खबर

सम्बन्धित समाचार